श्री एस. टि. सि. ग्रुप द्वारा वागमती सरकारलाई २०० थान अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं।
श्री एस.टि.सि. ग्रुपले वागमती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर तथा सिलिण्डर रेगुलेटर सहयोग गरेको छ। शनिबार मुख्यमन्त्री डोरमणि पौडेललाई ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलाल लगायतको उपस्थितिमा २ सय थान अक्सिजन सिलिण्डर तथा सिलिण्डर रेगुलेटर सहयोग हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीको विषम समयमा राज्यलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रवन्ध निर्देशक उप्रेतीले
बताए ।
देशलाई परेको स्वास्थ्य संकटको अवस्थामा नागरिक सुरक्षाका लागि श्री एस.टि.सि. ग्रुप सरकारसँग हातेमालो गर्न सधैं तयार छ, उनले भने, कोरोना जोखिमको विषम परिस्थिति मा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ ।
उक्त अवसरमा बोल्दै मुख्यमन्त्री पौडेलले कोभिड संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि सहयोग पुग्नेगरी अक्सिजन सिलिण्डर र सिलिण्डर रेगुलेटर प्रदान गरेकामा श्री एस.टि.सि. ग्रुप लाई धन्यवाद ज्ञापन गरे ।
एस.टि.सि. ग्रुप अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता एवं उत्पादक कम्पनी हो । सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रुपले समय समयमा सहयोगका कार्यक्रम गर्दै आइरहेकोछ ।